२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रत्येक दिन १० वर्षमुनिका एक जना बालिका बलात्कारको सिकार



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् ।

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमरमुनिका ३० बालिका बलात्कृत भएका छन् ।

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।