२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दिनमै ८ छाक खाने सरकारी कर्मचारी



अ+ अ-

काठमाडौं । सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।