२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गोरखामा रोट महोत्सव हुने



अ+ अ-

गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ ।

आयोजक सिद्धाश्रम शक्तिकेन्द्र्र गोरखाका संयोजक किशोरकुमार अकेलाले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन कार्यक्रमसमेत सञ्चालन हुने बताउनुभयो । चालमको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ । यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ ।

गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ । विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवद्र्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताउनुभयो । वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट हुनुभएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ । सो दिनको अवसर पारेर रोट महोत्सव सुरुआत गरिएको हो ।

एघार दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि आयोजकले नै खाने, बस्ने सुविधा उपलब्ध गराउने संयोजक अकेलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यसपटक ४० हजार भन्दाबढी पर्यटक महोत्सवमा गोरखा आउने अनुमान गरिएको छ ।’’ सवा लाख रोट महोत्सवमा गोरखनाथको प्रसाद ग्रहण गर्न भारतबाट समेत भक्तजन आउने गर्दछन् ।