१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन



अ+ अ-

पाटन: ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागीमा परि जलेर घाइते भएका ५ जनामध्ये ८ वर्षकी एलिशा गिरी र ५ वर्षकी प्रिया गिरीको उपचारको क्रममा निधन भएको छ ।

किस्ट अस्पतालमा अहिले साँझ ८ बजे मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बाकी ३ जनाको अस्पतालमा उपचार भैराखेको छ । आगलागीमा तीन बालबालिकासहित पाँच जना घाइते भएका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीलेका अनुसार आईतबार बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी भएको थियो ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते हुनुभएको थियो