४ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रदेश १ को प्रदेश सभा बैठक तीन मिनेट बसेर स्थगित



अ+ अ-

काठमाडौं ।  प्रदेश १ को प्रदेश सभा बैठक तीन मिनेट बसेर स्थगित भएको छ । 

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । 

प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिए । नेकपाको ओली पक्ष र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ बैठकमा सहभागी हुने तयारीमा लागेका थिए ।

गत पुस १० गते ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् ।

कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।