
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।
उनी इलाम–२ को उपनिर्वाचनमा विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिन इलाम पुगेका हुन् ।
ओलीले सुहाङलाई भेटेरै बधाई दिए । दुबैलाई हर्षित मुद्रामा देख्न सकिन्छ । उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मतका साथ विजयी भएका हुन् ।