२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बलम्बुमा सडकमा पार्किङ गरेर राखेको बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नंको मिनी बसमा आज आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो ।

उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौँ प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवम् चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौँले धनीलाई हस्तान्तरण गरेको हो ।