८ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गरेका छन् ।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग राख्दै नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका साथ राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन् ।

मंगलबार कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् –

लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ।
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ।
नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।
यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो।
त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौंँ !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!!