२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यौन व्यभिचारी पूर्वप्रधानाध्यापिकाविरुद्ध कारबाही शुरू



अ+ अ-

जेरुसेलम । इजरायलले मेलबर्नस्थित एउटा विद्यालयमा बालिकाहरूमाथि यौन उत्पीडन गरेको अभियोग लागेका एकजना पूर्वप्रधानाध्यापिकालाई अस्ट्रेलियासमक्ष सुपुर्दगी गरेको छ । ६ वर्ष लामो कानुनी द्वन्द्वपछि उनको सुपुर्दगी भएको हो । माल्का लेइफरविरुद्ध अस्ट्रेलियामा ७४ वटा यौन दुराचारसम्बन्धी मुद्दा दायर छन् । सन् २००८ मा आफूविरुद्धका काण्डहरू बाहिर आउन थालेपछि उनी आफ्नो मातृभूमि इजरायल फर्केकी थिइन् ।

आफू मानसिकरूपमा अस्वस्थ रहेको कारण देखाउँदै उनले इजरायलमा सुपुर्दगीविरुद्ध मुद्दा लडेकी थिइन् । तर, इजरायलको सर्वोच्च अदालतले गतवर्षको डिसेम्बरमा उनका अन्तिम अपिल अस्वीकार गरेको थियो । उनले आफूमाथि लगाइएका अभियोगहरू अस्वीकार गर्दै आएकी छन् । उनका पीडितहरूको प्रतिनिधित्व रहेको एक संस्थाले उनलाई सुपुर्दगी गरिएको दिन न्यायका लागि अभूतपूर्व रहेको प्रतिक्रिया दिएको छ ।

करिब ५० वर्षीया लेइफरविरुद्ध यहुदी बालिकाहरूका लागि एदास इजरायल स्कुलमा प्रधानाध्यापिका रहँदा बाल बलात्कारलगायत अन्य यौन व्यभिचारसम्बन्धी अपराध गरेको अभियोग लगाइएको छ । हात र खुट्टामा सिक्री बा“धेर उनलाई विमानमा राखेर सोमबार विहान सबेरै उनलाई इजरायलको बेन गुरियन विमानस्थलबाट अस्ट्रेलियातर्फ लगिएको हो ।

इजरायलको न्याय मन्त्रालय र लेइफका वकिलले उनलाई सुपुर्दगी गरिएको पुष्टि गरेका छन् । मुद्दा नचलाउञ्जेल उनलाई अस्ट्रेलियाको प्रहरी हिरासतमा राखिने बताइएको छ । कोभिड–१९ महामारीको कारण कानुनी प्रक्रियामा ढिलाइ हुनसक्ने अनुमान गरिएको छ । नेपाल समाचारपत्र दैनिक