काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।
टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।