१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु



अ+ अ-

एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीवार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

उहाँले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्दा दुःख भएको बताउनु भयो । एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर दिउँसो २ः२० बजे तल खसेको थियो र आगलागी भएको थियो । राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न जानुभएको बताउनु भयो ।

केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनले शुक्रवारदेखि तीनदिने शोक मनाउने घोषणा पनि गर्नुभएको छ ।

उहाँले पदमा रहँदा मात्रै नभइ सक्रिय सैन्य कर्तव्यमा जीवन गुमाएका सेनापतिको जीवन र प्रतिष्ठित सैनिक जीवनको सम्मानमा राष्ट्रले आजबाट १९ अप्रिलबाट ३ दिने शोक व्यक्त गर्ने बताउनु भयो ।