२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु



symbolic photo
अ+ अ-

ढोरपाटन । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो ।

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बन्नुभएको थियो । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो ।

समाजसेवीसमेत रहनुभएका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् । रासस