३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलकाे शिष्टाचार भेट



अ+ अ-

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गर्नुभयो । वहाँले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यवसायिक भूमिकाको प्रशंसा गर्नुभयो ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स नेपालको औपचारिक भ्रमण गर्न गत चैत २६ गते काठमाडौं आइपुग्नुभएको थियो ।

उहाँलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षासहचरी कर्णेल अमितकुमार शर्मा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
पाँच दिने भ्रमणका क्रममा लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभयो साथै काठमाडौं, पोखरा र धरानमा नेपालमाबसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्‍यालीलाई सम्बोधन गर्नुभयो ।

वहाँले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गर्नुभयो । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्यत्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रननायरले गोर्खा सैनिकको कल्याणका लागिअसम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने कुरा बताउनुभयो ।