१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१२४ वर्षीय वृद्धले मनाए आफ्नो जन्मदिन, विश्वकै जेठो व्यक्ति हुन सक्छन्



अ+ अ-

एजेन्सी । लामो जीवन बाँच्ने मानिसबारेको रहस्य पेरुको एन्डिज पहाडमा लुकेको हुन सक्छ । त्यहाँ बसोबास गर्ने १२४ वर्षका वृद्धको दाबीलाई साँचो मानिने हो भने उनी विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्न सक्छन् ।

सरकारी अधिकारीका अनुसार मार्सेलिनो अबाद नामका यी व्यक्तिको जन्म सन् १९०० मा भएको थियो । उनी पेरुको मध्य क्षेत्र ह्वानुकोका बासिन्दा हुन् । यदि यो दाबी सत्य साबित भयो भने, यी व्यक्ति विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति मात्र नभई सबैभन्दा वृद्ध व्यक्ति पनि बन्नेछन् जसको उमेर आधिकारिक रूपमा प्रमाणित भइसकेको छ ।

गिनिज वल्र्ड रेकर्डले प्रायः आफूलाई संसारको सबैभन्दा वृद्ध व्यक्ति भएको दाबी गर्ने व्यक्तिहरूबाट आवेदनहरू प्राप्त गर्दछ । गिनिज वल्र्ड रेकर्ड्सका प्रतिनिधिले रोयटर्सलाई पठाएको विज्ञप्तिमा यस्तो दाबीलाई सत्य मान्नुअघि उनीहरूको विशेषज्ञ टोलीले सरकारी कागजात र अन्य प्रमाणहरू जाँच्ने बताए ।

यो दावी पूर्ण रूपमा सत्य हो भनेर सुनिश्चित गर्न यो अनुसन्धान गरिन्छ । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार हाल विश्वको सबैभन्दा वृद्ध मानिस १११ वर्षका बेलायती नागरिक हुन् । यसै महिना भेनेजुएलाका ११४ वर्षीय वृद्धको निधन भएपछि उनले यो उपाधि पाएका हुन् ।

विश्वको सबैभन्दा वृद्ध महिलाको उमेर ११७ वर्ष छ भने अहिलेसम्म प्रमाणित भएको सबैभन्दा वृद्ध व्यक्ति १२२ वर्षकी थिइन् । अबादको जन्म एउटा सानो गाउँ छागलामा भएको थियो । सन् २०१९ सम्म उनी विश्वको नजरबाट टाढा रहे । त्यही वर्ष पेरुको सरकारले उनलाई फेला पारेर सरकारी परिचयपत्र र पेन्सन दिएको थियो ।

अप्रिल ५ मा, आफ्नो १२४ औं जन्मदिनमा, अबादले आफ्नो दीर्घायुको रहस्य फलफूल र भेडाको मासुयुक्त आहार रहेको खुलासा गरे । उनले पेन्सन पाउने कार्यक्रमको विज्ञप्तिमा यस्तो जानकारी आएको हो ।

अबाद अहिले वृद्धवृद्धाका लागि बनेको आश्रममा बस्छन् । यो महिना उनको जन्मदिनमा उनको लागि विशेष समारोहको आयोजना गरिएको थियो, जसमा उनी जस्तै देखिने जन्मदिनको केक पनि राखिएको थियो ।