काठमाडौँ । संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ । बैठक भोली साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने राष्ट्रिय सभा सचिवालय स्रोतले जनाएको छ । पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख गरिएको छ । .
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए ।