काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य मंगलबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेर बजारमा सुनले ऐतिहासिक रेकर्ड बनाएको छ ।
सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार तीनदुई सय कायम भएको छ ।
तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार छ सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० कारोबार भएको थियो ।
विगत तीन सातामा मात्र सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्य प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भईरहेको छ ।