१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले इमान्दार र सादगी नेता बोगटीको अभाव भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।”

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री दाहालले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।”

कार्यक्रममा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल, प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, नेता पुष्पविक्रम मल्ल, बोगटीका पत्नी राममाया बोगटीलगायतको उपस्थिति थियो । रासस