२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’



अ+ अ-

ललितपुर । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।

नेपाल मेडिसिटी अस्पतालद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा डा गोपालरमण शर्माले मस्तिष्काघातको उपचार महङ्गो रहेको भन्दै मस्तिष्काघात भएपछि छिटोभन्दा छिटो अस्पताल ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मस्तिष्काघात भएका बिरामीलाई छिटोभन्दा छिटो अस्पताल नल्याए पक्षघात हुने वा बचाउन कठिन हुने अवस्था भएकाले बढीमा चार/पाँच घण्टाभित्रै अस्पताल ल्याइसक्न सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”

स्नायुरोग विशेषज्ञ डा बाबुराम पोखरेलले व्यक्तिको अनुहार बिग्रने, शरीरको सन्तुलनसहित आँखाको ज्योति गुम्ने, बोली लरबरिने र हातले काम गर्न छाड्नेजस्ता सङ्केत मस्तिष्काघातको लक्षण हुनसक्ने भन्दै त्यसतर्फ सचेत भई बिरामीलाई अस्पताल लैजान सुझाव दिनुभयो ।

स्नायुरोग विशेषज्ञले नसर्ने रोगका रुपमा परिचित मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु हुने गरेको, पक्षघातको समस्या झेल्नुपरेको र ठूलो धनजनको नोक्सान भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

अस्पतालले मस्तिष्काघातसम्बन्धी समस्या समाधानका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइएको, चिरफार शल्यक्रिया (ओपन सर्जरी) र सानो प्वाल बनाई (न्यूरो इन्टरभेन्सन) विधिबाट शल्यक्रिया गर्दै आएको र निकट भविष्यमा ‘कम्प्रिहेन्सिभ स्ट्रोक सन्टेर’ सञ्चालन गर्न लागेको जनाएको छ । रासस