धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको प्रदेश सभा सदस्य ओमबिक्रम भाटले जानकारी दिए ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।