२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौँका आधा नागरिकमा कोरोना विरुद्धको एन्टीबडी निर्माण भइसक्योः विज्ञ



अ+ अ-

काठमाडौँ । काठमाडौँका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टीबडी निर्माण भइसकेको दाबी विज्ञहरुले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरुको विश्लेषण छ । सक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टीबडी निर्माण भनिन्छ भने ५० प्रतिशत संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्था हर्ड इम्युनिटी हो । सरकारले तुरुन्त राजधानीलगायत देशभर समुदायमा कोभिड–१९ संक्रमणको अवस्था जान्न नियमित सेरो प्रिभिलेन्स सर्भे गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् ।

‘हाम्रो अनुमानमा काठमाडौँमा करिब ५० प्रतिशत मानिस कोभिड संक्रमित भइसकेको हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ पदाधिकारी एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘कोभिडको पहिलो लहर कम हुँदै गएकाले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने संकेत देखिएको छ ।’

सरकारले गत दसैँअघि देखि सातैवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेर समुदायमा कोभिड संक्रमणबारे जान्न सेरो प्रिमिभलेन्स सर्भे गर्दा देशभरमा १३.९ प्रतिशतमा कोभिडविरुद्धको एन्टीबडी बनिसकेको अर्थात् उनीहरु जानेर वा नजानेर संक्रमित भइसकेको देखिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।