२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन



अ+ अ-

मन्थली । रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ । नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन राखिएको हो ।

मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो । जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो ।

जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले बताउनुभयो । उहाँका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाण्डौँले रामेछापलाई उपलब्ध गराएको हो । रासस