२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार



अ+ अ-

गाईघाट । गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताउनुभयो । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ । प्रतिकिलो रु ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम रु ८० देखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् । रासस