१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल वायुसेवा निगममा देखिएको अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न दृढ छु: मन्त्री तामाङ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताउनु भयो । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गर्नुभएको थियो । मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धि निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताउनु भयो । उहाँले निगमको सारभुत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढन सरकारले चाहेको बताउनु भयो ।

मन्त्री तामाङले भन्नुभयो, ‘नेपाल वायुसेवा निगमको संस्थागत सुधार, व्यवसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने गरी मन्त्रालयले सुधारको पहलकदमी लिँदै गरेको छ । विभिन्न सुधारका समितिहरु गठन गरी सुझाव प्राप्त गर्दै कार्यान्वयनमा लगिरहेको छ । निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको छ । व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णयमा पुग्नु अघि व्यापक छलफल हुने नै छ । निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको विषय रहेकाले निगम सम्बन्धमा मन्त्रालयबाट चालिने कदम पारदर्शी र राष्ट्रिय हित केन्द्रित हुनेछ । र राखिने व्यहोरा जानकारी गराउँदछु । यसमा कुनै ढाकछोप गर्नुपर्ने विषय छैन ।’

मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नेपर्ने कुनै कारण नरहेको स्पष्टिकरण पनि दिनुभयो ।