२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यसरी फेरियो प्रधानमन्त्रीको बोली



अ+ अ-

काठमाडौं । नारायणहिटी दरबारको गेटमा मञ्च राखेर आमसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्यथा’ टिप्पणी गरिए। केहीअघि मात्र उनले कम्युनिस्ट प्रधानमन्त्रीको परम्परा तोड्दै पशुपतिनाथको पूजाअर्चना गरेका थिए। सुनको जलहरी बनाउने प्रधानमन्त्रीको घोषणाको विरोध गर्ने परम्परावादीकै कित्तासमेत जन्मिएको थियो। कसैले मुख खोलेरै भन्थे, ’माघ २३ गते दरबारको गेटबाट प्रधानमन्त्रीले धार्मिक विषयमा केही बोल्नेछन्।’

पार्टीको विभाजित समूहलाई थर्काउन पूर्वराजाको ढोका छान्नुको भित्री कारणको अनुमान मान्छेपिच्छे फरक थिए। सबैभन्दा ठूलो कुरा त प्रधानमन्त्रीले पुष्पकमल दाहाल९माधवकुमार नेपाल खेमालाई साविकभन्दा कडै आलोचना गर्ने सबैजसोको अड्कलबाजी थियो। तर, भयो ठीक उल्टो। प्रधानमन्त्रीले धर्मको ’ध’ सम्म उच्चारण गरेनन्। पूर्वराजाको पुरानो बिर्ताबाट गणतन्त्रको दीर्घ भविष्यप्रति कडा प्रतिबद्धता जनाए। र, सबैलाई छक्क पार्ने गरी दाहाल९नेपालप्रति कटु वचन प्रयोग गरेनन् । जति बोले, सरकार कसरी जनतासम्म छिर्नसक्छ भन्नेमा केन्द्रित भए।ओलीको फेरिएको यो बोलीले राम्र प्रशंसा बटुलेको छ।

दुई खेमामा विभाजित नेपाल कम्युनिस्ट पार्टीको कुनै एक पक्षबाट सभा९सम्मेलन वा प्रदर्शन हुन लाग्यो भने राजनीतिक गतिरोध अन्त्यका लागि नेतृत्वबाट कस्तो धारणा आउँछ भन्ने अपेक्षा सर्वसाधारणले गर्न छाडिसकेका थिए। कार्यकर्तापंक्तिमा पनि नेताबाट रचनात्मक भूमिकाको सट्टा विपक्षीलाई खुइल्याउन भाषणमा कस्ता शब्द प्रयोग भए र भोलि यही भाषणलाई कसरी भाइरल बनाउन सकिन्छ भन्नेतर्फ मात्रै ध्यान जान थालेको थियो। गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्नसमेत हिच्किचाउनुपर्ने किसिमका थिए। तर, नेकपा सत्तापक्षीय खेमाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभाले भने सर्वसाधारणले अनुमान गरेभन्दा फरक सन्देश दियो।

अर्थात् विपक्षीलाई गालीगलौज गरेर मात्रै ताली पाउन सकिन्छ भन्ने गलत अभ्यासलाई चुनौती दिँदै शालीन र भद्र शैलीमा सभा सम्पन्न भयो। यो सकारात्मक अभ्यासले अन्ततः सभाको गरिमा बढायो। विगतमा एकै पार्टीमा रहँदा देउतासरह पुजेका नेतालाई फरक गुटमा लागेकै आधारमा दानवीय व्यवहार गर्दै निम्नस्तरको गालीगलौजमा उत्रने गलत परिपाटी अन्त्यका लागि सभाले सकारात्मक भूमिका खेलेको छ। आज अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको सम्पादकीयको अंश ।