१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माईक्रो रेल प्रविधिमा आधारित पोर्ड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ: मेटमणि चौधरी



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माईक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।

सवारी दुर्घटनाबाट जिउधनको सुरक्षा गर्न, नेपालमा पर्यटकीय क्षेत्रको विकास गर्न, ट्राफिक जाम हटाउन, पेट्रोलियम पदार्र्थको आयातलाई विस्थापन गर्न पनि सो प्रविधिमा आधारित पोड वे भरपर्दो माध्याम हुने भएकाले यसको सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले तत्काल सो सम्बन्धि कार्यविधि बनाउन ढिलाई गर्न नहुने बताउनुभएको हो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले नेपालका लागि उपयोगी भनेर सरकारले गत मंसीर ७ गते राजपत्रमा प्रकाशित गरेकाले त्यसका लागि आवश्यक ऐन, नियम बनाउने काममा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माईक्रोरेल प्रविधिमा आधारित कार्यविधिको अभावले काम अघि बढन सकेको छैन । कार्यविधि कहिले बन्ने हो ? काम कहिले अगाडि बढ्ने हो ? सम्बन्धित मन्त्रालयको ध्यान जानुपर्ने देखिन्छ । यदि यो प्रविधिलाई कार्यान्वयन गर्ने हो भने काठमाडौं लगायत महत्वपूर्ण सहरहरुमा ट्राफिक जामलाई हटाउन सकिन्छ । नेपालको पर्यटकीय क्षेत्रमा उल्लेख्य रुपमा विकास गर्न सकिन्छ । इन्धनलाई प्रतिस्थापन गर्न सकिन्छ । सुरक्षित यात्राको ग्यारेन्टी गर्न सकिन्छ । प्रदुषणका कारण जलवायुमा हुने परिवर्तनलाई रोक्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रमा हुने हवाई यातायातको विकल्पको रुपमा स्थापित गर्न सकिन्छ । जस्तोसुकै मौसममा पनि यो प्रविधिमा आधारित यातायात नेपालमा अत्यन्तै उपयोगी हुन सक्छ । यसैले सम्माननीय सभामुख महोदय, २०८० साल मंसीर ७ गते राजपत्रमा समेत प्रकाशित भईसकेको अवस्थामा माईक्रोरेल प्रविधिमा आधारित पोर्ड वे कार्यविधि बनाउनका लागि सम्माननीय प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराउन चाहन्छु । र, कार्यान्वयनका लागि अनुरोध गर्दछु ।’

प्रमुख सचेतक चौधरीले सुरक्षित र भरपर्दो यात्राका लागि पनि सो प्रविधिमा आधारित पोड वे अत्यन्त कामयावी हुने बताउनु भयो ।