२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाकिस्तानमा वर्षाका कारण दश जनाको मृत्यु



अ+ अ-

खैबर पख्तुनख्वा । पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

पिडिएमएका प्रवक्ता अनवर शहजादले हताहतको पुष्टि गर्दै मृत्यु हुनेमा आठ जना बालबालिका तथा दुईजना महिला रहेको जनाउनु भएको छ । यसैगरी घाइते हुनेहरु मध्ये नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको उहाँले उल्लेख गर्नु भएको छ ।

प्राप्त रिपोर्ट अनुसार वर्षा र असिनाका कारण भएका दुर्घटनामा २७ वटा घर क्षतिग्रस्त भएको प्रवक्तालाई उद्धृत गर्दै द नेशन अखबारले जनाएको छ । द नेशनका अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ ।

पिडिएमएले जारी गरेको रिपोर्टमा सांगला, बन्नु, बाजौर, पेशावर, नौशेरा र मानसेहरामा विभिन्न संरचना तथा घरहरु क्षतिग्रस्त भएका छन् ।

द नेशनका अनुसार, यस घटनामा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसैगरी मोहमण्ड, मर्दान, उत्तरी बजिरिस्तान लगायतका क्षेत्रमा २४ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सञ्चार माध्यामसँग कुरा गर्दै हरबन तहसिलका अध्यक्ष असदुल्ला कुरैसीले वर्षाका कारण आएको बाढीले निम्त्याएको दुर्घटनामा १९ वटा पशु चौपाया मर्नुका साथै १५ वटा गोठ बगाएको बताउनु भयो ।

असिना र भारी वर्षाले विभिन्न क्षेत्रहरूलाई असर गर्नुका साथै माथिल्लो कोहिस्तानको हरबन इलाकामा गाईवस्तु बाढीको सिकार भएका छन् भने धेरै घरहरूमा क्षति पुर्याएको छ ।