१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘अप्रिल फूल’ के हो र किन मनाइन्छ ? (रोचक तथ्यसहित)



अ+ अ-

काठमाडौं । प्रत्येक वर्षको अप्रिल महिनाको पहिलो दिनलाई ‘अप्रिल फूल’का रुपमा मनाइने गरिन्छ । यो दिन आफ्ना प्रियजन वा साथीहरूसँग ठट्टा गर्ने चलन छ ।

यस दिन आफ्ना साथीलाई रोचक विचारहरू सहित मूर्ख बनाउँछन् र अन्त्यमा त्यो सरारतलाई अप्रिल फूलको रूपमा प्रकट गर्ने गर्छन् ।

नेपालमा अप्रिल फूल मनाउने चलन निकै पछि मात्रै आएको हो । विदेशीहरुको आवागमन बढी हुन थालेपछि र नेपालीहरु विदेश गएर फर्किन थालेपछि अप्रिल फूल मनाउन थालिएको हो । याे नेपाली मौलिक पर्व होइन ।

यो दिन एकअर्कालाई हानी नपुग्ने गरी रमाइलोका लागि एक छिनलाई मूर्ख बनाएर मनाइन्छ । अप्रिल फूल कसरी सुरु भयो त ? यसको केही रोचक पक्ष छन् ?

अप्रिल फूल दिवसको उत्पत्ति अझै रहस्यमा छ, तर इतिहास हेर्ने हो भने अप्रिल फूल दिवस सन् १५८२ मा युरोपबाट सुरु भएको थियो । जब फ्रान्सले आफ्नो जुलियन क्यालेन्डर लाई परिवर्तन गर्दै ग्रेगोरियन क्यालेन्डर को सुरुवात गरेको थियो ।

हामी अझै पनि ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्छौं, जसमा नयाँ वर्ष जनवरी १ मा मनाइन्छ । यो क्यालेन्डर पोप ग्रेगरी तेह्रौंले सुरु गरेका थिए । तर यो क्यालेन्डर आउनुअघि नै नयाँ वर्ष अप्रिलको पहिलो दिन मनाउन थालिएको थियो जसको उत्सव मार्च २५ देखि नै सुरु भएको थियो ।

ग्रेगोरियन क्यालेन्डरको आगमन पछि, मानिसहरूले यो परिवर्तनलाई स्वीकार गर्न सकेनन् र तिनीहरूले अप्रिल १ मा मात्र नयाँ वर्ष मनाउन जारी राखे । यो कथा पछि मानिसहरूलाई अप्रिल फूल भन्न थालियो किनभने तिनीहरू जनवरी १ को सट्टा अप्रिल १ मा नयाँ वर्ष मनाउने गर्थे ।

अप्रिल फूल दिवससँग सम्बन्धित रोचक तथ्य

१. अप्रिल फूल दिवस स्कटल्याण्डमा २ दिनसम्म मनाइन्छ ।

२. गुगलले अप्रिल १, २००४ मा जीमेल सुरु गर्यो, र यसका सुविधा थाहा पाएपछि, मानिसले यसलाई मजाकको रूपमा सोच्न थाले ।

३. फ्रान्स, स्विट्जरल्याण्ड, बेल्जियम र नेदरल्याण्ड जस्ता धेरै देशमा, अप्रिल फूल दिवसलाई अप्रिल फिश डे भनेर चिनिन्छ । यस दिन मानिसहरूले आफ्ना साथीहरूको पछाडि कागजको माछा टाँस्ने मजाक खेल्छन् ।

४. कोरियामा, यो विश्वास गरिन्छ कि शाही कोरियाली परिवारले यस दिन मजाक खेल्न अनुमति दिन्छ ।

५. धेरै देशमा, यो दिन एकअर्कामा पीठो हानेर मनाइन्छ ।