२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चोभारमा सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ । २०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।

वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए । ‘माटो परीक्षण, आरसीसी ढलान, जग र बिलडिङ निर्माणमा बढी समय लाग्छ,’ उनले भने, ‘अब फिनिसिङ बाहेकका काम सकिएकाले समयावधिभन्दा अघि नै सम्पूर्ण निर्माण काम सक्ने गरी काम भइरहेको छ ।’ आर्थिक अभियान दैनिकमा  काशीराम बजगाईंले लेखेका छन् ।