२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चामलको मूल्य बढ्यो !



अ+ अ-

वीरगञ्ज । कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन् । खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य केन्द्र मानिएको बारा र पर्साका उद्योगीले चामलको उत्पादन लागत ह्वात्तै बढेको बताए । नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार कोरोनाले धान उत्पादनमा परेको प्रभाव चामल उत्पादनमा देखा परेको छ ।

कोरोनाका कारण मल र सिँचाइको अभाव भएकाले धानको उत्पादन र गुणस्तर दुवै खस्किएको उद्यमीले बताए । भारतमा यो वर्ष धानको उत्पादन घटेको र मूल्य बढेकाले पनि चामल उत्पादनमा त्यसको असर देखिएको गुप्ताको भनाइ छ । नेपालमा चामल उत्पादनको खपत हुने आधाभन्दा बढी परिमाणको धान भारतबाट भित्रिन्छ । नेपालमा खाद्य संस्थाले धान खरीद गरेकाले पनि मूल्य बढेको उद्यमीहरूको भनाइ छ । संस्थानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँमा धान किनेको छ ।

उद्योगीले यो वर्ष अहिले नै सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय रुपैयाँसम्म तिरेर आयात गरेका छन् । गोरखनाथ धान २ हजार ८५० र जीरा बासमती ३ हजार ५० रुपैयाँ प्रतिक्वीन्टलमा खरीद भइरहेको उद्योगीहरूले बताए ।

धानको मूल्य बढ्नु र मलखाद र सिँचाइ नपाएका कारण धान कुट्दा कनिका बढी निस्किएको उद्यमीले बताए । ‘सामान्यतः ८ प्रतिशतसम्म कनिका आउनेमा यस वर्ष २२ देखि २५ प्रतिशतसम्म पुगेको छ । एक त धानको मूल्य नै बढेको छ, अर्कातिर कनिका बढी निस्किएपछि चामलको लागतमा चाप परेको छ,’ मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताको भनाइ छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।