२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण



अ+ अ-

गलकोट (बागलुङ) । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताउनुभयो । उहाँले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो । “अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,” उहाँले भन्नुभयो ।

नवनिर्मित पुल २५.८ मिटर लामो छभने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ । रासस