
काठमाडौं । सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । बैंकको संचालक समितिको सोमबार बसेको बैठकले राणालाई नियुक्त गरेको हो ।
राणा यसअघि सोही बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत थिइन् । राणा १४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी थिइन् ।
राणासँग नेपालको बौंकिङ क्षेत्रको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव रहेको छ । उनले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् । उनले भारतको पुनेबाट माष्टर अफ बिजनेस फाइनान्समा (एमबीए) गरेकी हुन् ।