५ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कार्यकर्ताहरुलाई एकजुट बनाउँदै अघि बढे कांग्रेसको भविष्य उज्वल हुन्छ : महामन्त्री कोईराला



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको छ । 

सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको हो ।  

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उहाँको भनाई छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उहाँले बताउनुभयो । महामन्त्री कोईरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको उहाँले बताउनुभयो ।