२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाँच दिनमा बलात्कारका तीन घटना !



अ+ अ-

गोरखा । गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको छ। पीडक परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए।

माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन्। बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन्। बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। माघ २४ गते सहिद लखन गाउँपालिका–७ का २५ वर्षीय युवक १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका छन्।

घरमा कोही नभएका बेला युवतीलाई ललाईफकाई बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएको छ। ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने।  

यी घटनाअघि पनि माघ ८ गते गोरखा नगरपालिका–६ मा बस्ने २२ वर्षकी युवतीलाई ३० वर्षका पुरुषले बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको छ। घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसरी गोरखामा माघमा मात्रै बलात्कार र प्रयासका चारवटा घटना भएका छन्। नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।