२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागेश्वरी मन्दिरमा तामाको छाना



अ+ अ-

राँझा । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जानकारी दिनुभयो ।

“बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छाँै”, नगरप्रमुख बिष्टले भन्नुभयो, “ताम्रपत्रको छानो लगाउँदा लागत सोचेभन्दा धेरै भएपनि सौन्दर्य र टिकाउ हुनेछ ।”

करिब रु ७५ लाख लागतमा बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाउने काम भएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउने काम अन्तिम चरणमा पुगेको छ । नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलका रुपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गर्छन् । बागेश्वरीको दर्शनबाट प्रमुख शक्तिपीठका रुपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भीड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाइ छ । उहाँका अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात देवीको बास रहेको छ । जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।

पछिल्लो पटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगञ्जबासीलगायत टाढाटाढाबाट श्रद्धालु भक्तजन सहभागि हुने गरेका छन् । रासस