२३ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘भ्यालेनटाइन डे’ का लागि एक करोड बराबरको फूल आयात हुँदै



अ+ अ-

काठमाडौं । नेपालमा यस वर्ष 'प्रणय दिवस' अर्थात 'भ्यालेनटाइन-डे' का लागि १ लाख २० हजार बराबरको स्टिम गुलाफको बजारमा माग रहेको छ । काठमाडौं उपत्यकामा करिब ७२ हजार र उपत्यका बाहिर ४८ हजार स्टिम गुलाफ खपत हुने भएको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले अनुमान गरेको हो । फ्लोरिकल्चर एशोसियसनका अध्यक्ष कुमार का अनुसार डच रोज तथा कलकत्ते लोकल रोजको माग रहेको छ । 

प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । गत वर्ष १ लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रति स्टिम रु ८० देखि सयको हाराहारीमा २ लाख स्टिम गुलाफको कारोवार भएको थियो । यस वर्ष बजारको मागअनुसार २० प्रतिशत अर्थात् २४ हजार स्टिम गुलाफ मात्र आन्तरिक उत्पादन भएको जनाएको छ  ।

त्यसैगरी ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष कसजुले बताउनुभयो । फागुन महिनामा यो दिवस मनाउने हुदाँ जाडो मौसम रहेकाले गुलाफको आन्तरिक उत्पादनमा कमी आएपछि वर्षेनी आयात बढेको उहाँले बताउनुभयो । फूलको गुणस्तरअनुसार प्रति स्टिमको ६० देखि सय रुपैयाँसम्म मुल्यमा बिक्रि हुने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा गुलाफ फूलको व्यावसायीक खेती मुख्य गरी काठमाडौं उपत्यका भित्र चितवन र काभ्रेपलाञ्चोकमा रहेको छ भने अन्य जिल्लाहरुमा पनि व्यावसायीक खेती विस्तार हुने क्रममा रहेको छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई उपहार स्वरुप विभिन्न फूल र कार्ड आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफ फूलको कारोवार समेत हुने गरेको छ ।