२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बेनीघाट–आरुघाट सडक : तान्द्राङ खोलामा बेलिब्रिज निर्माण



अ+ अ-

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ ।

भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिना भित्रै निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ । पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो । “एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “तर तीव्र गतिमा काम भएकाले तोकिएको समयभन्दा झण्डै आठ महिनाअघि नै काम सम्पन्न भयो ।”

पुल निर्माणको लागत रु तीन करोड ८९ लाख ८३ हजार रहेको छ । पुलको वारिपारि दुवैतर्फ ५०÷५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने सवारी साधनको आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । पुल निर्माणले गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज हुनेछ । रासस