११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री दाहाल–ओली भेटवार्ता: के भयो कुरा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिनुभएका प्रधानमन्त्री दाहालसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रवार अपरान्ह प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीज्युसँग राम्रो कुराकानी भयो अहिलेको समसामयिक विषयमा ।’

शुक्रवार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।