१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हप्तौसम्म भयो पाल्तु बिरालोमाथि सामूहिक बलात्कार !



अ+ अ-

एजेन्सी । पाकिस्तानको लाहौर शहरमा एक पाल्तु बिरालो १५ वर्षीय किशोर र उनका मित्रहरुबाट एक हप्तासम्म भएको सामुहिक बलात्कारका कारण मरेको बताइएको छ । सामाजिक सन्जालमा भाइरल भएको फेसबुक पोस्टमा विरालोमा अत्यन्तै निर्ममता देखाइएको उल्लेख गरिएको छ । बिरालोका अंगहरुले काम गर्न बन्द गरेको र त्यसको मृत्यु भएको जनाइएको छ ।

भिषण यौन उत्पिडनको पिडाले विरालो बस्न, हिँडडुल गर्न, खान र सुत्न पनि नसकेको फेसबुक पोस्टमा बताइएको छ । जब विरालोको जाँचका लागि पशुचिकित्सककोमा पुर्याइयो, उसको शरीर भित्रबाट प्रसस्त विर्य, रगत र प्लास्टिकको झोला निस्केको थियो । ती झोला केटाहरुले विरालोसँग यौन सम्पर्क राख्दा प्रयोग गरेका थिए ।

फेसबुक पोस्टमा भनिएको छ, डाक्टरले विरालो माथि यौन उत्पिडन भएको पुष्टि गरेको छ तर उसले यस मामिलाबाट आफुलाई टाढा राख्न कुनै विवरण लिखितमा दिएको छैन । पोस्टमा पाकिस्तान बच्चाहरुलाई यौन शिक्षा अत्यन्त आवश्यक भएको तर मुल्ला यसलाई मन नपराउने उल्लेख गरिएको छ । विरालोको नाजुक स्थितिलाई देखेपछि एक स्थानिय केटीले विरालो आफुलाई सुम्पन आग्रह गरेकी थिइन् । तर ती केटाहरुले विरालो उनलाई सुम्पन अस्विकार गरेका थिए ।

पछि लगातार यौन उत्पीडनका कारण ती आवाज विहिन जनावरको अवस्था अत्यन्त गम्भिर भएपछि उनीहरुले विरालो केटीलाई दिए । ती केटीले उक्त घटनाका बारेमा पशु उद्धार संस्था जेएफकेलाई जानकारी गराएकी थिइन् । विरोलोलाई पशुचिकित्सकको लगिएको र उपचार भए पनि त्यसलाई बचाउन भने सकिएन ।

पाकिस्तानमा ठुलो संख्यामा दोषी केटाहरु विरुद्ध कठोर कारवाही गर्न माग गरिरहेका छन् । साथै अधिकारीहरुले स्कुल भित्र तत्काल यौन शिक्षा कार्यक्रम चलाउन माग गरेका छन् । साथै जनावरमाथि यौन उत्पीडनविरुद्ध कानुन बनाउन पनि माग गरेका छन् । यस घटनापछि ट्विटर लाहौरट्रेन्ड चलिरहेको छ ।