![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2024/09/newspolar-logo-150x150-1.jpg)
धरान । सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बुधबार किशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो ।
प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उहाँको भनाइ छ ।
प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।