
काठमाडौँ । इलाम–२ मा वैशाख १५ गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेकाछन् ।
सिफारिस नामलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइनेछ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।