२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जले



फाईल फोटो
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा मेरिङदेन गाउँपालिकामा भएको आगलागीमा दुई वटा घर जलेर नष्ट भएका छन् ।

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागीबाट नष्ट भएका हुन् । आगलागीबाट १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायतका सामान नष्ट भएका हुन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ ।

एक सातायता ताप्लेजुङका आगलागीबाट सात वटा घर जलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।