१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मिटरब्याज पीडितका गुनासो सुन्न अब प्रत्येक जिल्लामा छुट्टै डेस्क



गृह मन्त्रालय
अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासो सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अलग्गै डेस्क स्थापना गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै कार्यालयमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकि सहजीकरण डेस्क स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न भनेको हो ।

यसैगरी मिटरब्याजसम्बन्धी पीडितका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको जानकारीसमेत मन्त्रालयले गराएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच गत फागुन २८ गते चार बुँदे सहमति भएको थियो । योसँगै मिटरब्याज पीडितको आन्दोलन स्थगित भएको थियो ।