९ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिमस्टेक लगायतका संगठनहरु भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग भए: सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायतका संगठनहरुबाट नेपालले लाभ लिन नसकेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गर्नुभएको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस्ता संगठनहरुको नेतृत्व गर्नबाट नेपाल चुकिरहेको बताउनु भयो । उहाँले नीतिगत नेतृत्व र रणनीतिगत उपयोग गर्न नेपालले नसकेको बताउनु भयो । उहाँले यस्ता संगठनहरुलाई भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग हुने गरेको बताउनु भयो । उहाँले यस्ता मञ्चहरु राष्ट्रिय हितका निम्ति प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा हामीले यस्ता संगठनहरुको नेतृत्व गर्न सकिरहेका पनि छैनौँ । नीतिगत नेतृत्व गर्न सकिरहेका छैनौँ । रणनीतिगत उपयोग गर्न पनि सकिरहेका छैनौँ । खालि यो भीआईपीहरुको भ्रमणका निम्ति सहभागी भएको मात्रै देखिएको छ । त्यसैले राष्ट्रिय हितका निम्ति यस्ता मञ्चहरुलाई कसरी प्रयोग गर्न सकिन्छ ? हाम्रो रणनीति के हो त ? यहाँ वडापत्रमा उल्लेख भएका विषयहरुले हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्‍याउनसक्छ ? वा हामीले यसलाई कसरी उपयोग गर्नसक्छौँ । त्यसकारण यो परराष्ट्र क्षेत्रमा जतिपनि हाम्रो मेकानिजम छ, त्यसले राष्ट्रिय हितमा कति सक्रिय भएर काम गर्न सकेको छ ? दुतावासले कति काम गर्न सकेको छ । त्यो कुरामा हामी निरपेक्ष भएको जस्तो देखिन्छ । सहभागी मात्रै महत्वपूर्ण होइन । लाभ लिने स्थिति बन्नुपर्छ ।’

सांसद पौडेलले राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्‍याउनसक्छ ? भन्ने विषयमा सोचेर कामहरु गर्न आवश्यक रहेको बताउनु भयो ।