२३ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुक्नथाले अलैँची बगान



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थाल्नुभएको छ । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त हुनुहुन्छ ।

ताप्लेजुङका अर्लैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् । लामो समयसम्म वर्षा हुनसकेको छैन । वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन् । अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ । समयमै सिँचाइ गर्न सकिएन भने अलैँची बगान नै सुक्ने शेरबहादुर लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले १६ वटा स्प्रिङकल ९सिँचाइ गर्ने मेसिन० घुमाइ राखेको छु । एक ठाउँबाट अर्कोमा सार्नमै व्यस्त छु ।”

यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ । वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृष्ण गुरुङको भनाइ छ । आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्नथालेपछि किसान चिन्तित बनेका छन् ।

विगत वर्षमा पुसमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यसवर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोतमा पनि कमि हुँदै गएको किसान बताउँछन् । सिरिजङ–६ माङ्माखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने उहाँको भनाइ छ । साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्नुपर्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल हालेर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझड्ले छोप्ने र त्यसमा सिँचाइ गर्ने गरिन्छ ।

यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा पानी नहुँदा असर परेको छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ  । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई असर पर्ने किनान बताउँछन् ।

अलैँचीलाई ओसिलो जमिन र सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा ६१ वडा छन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । जिल्लाको मुख्य आम्दानीको स्रोत नै अलैँची हो । अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन ९४० किलो० अलैँची रु ७९ हजारमा खरिदबिक्री भइरहेको किसान बताउँछन् । रासस