२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौँमा ह्विलचियर दौड प्रतियोगिता सम्पन्न



अ+ अ-

काठमाडौँ । बोधिसत्व इन एक्सन् (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । आज यहाँ भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहको अलगअलग प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता थियो ।

प्रतियोगिता उद्घाटनमा अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी सङ्युक्त राज्य अमेरिकी विशेष सल्लाहकार सारा मिङ्कारा, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनलगायत सहभागी हुनुभएको थियो । कार्यक्रममा मिङ्काराले अपाङ्गता भएका व्यक्तिको महत्व अभिवृद्धि गर्ने समुदाय निर्माणमा खेलकुदको भूमिकाबारे चर्चा गर्नुभयो ।

मिङ्काराले अपाङ्गता भएका व्यक्तिलाई सीप र रोजगारीसम्बन्धी तालिम प्रदान गर्ने, उनीहरूलाई आफ्नो समुदायमा पूर्णरूपमा सहभागिताका लागि सक्षम बनाउन बीआइएको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । अपाङ्गता भएका व्यक्ति मैदानमा देखिँदा उनीहरूमा सहभागी हुने आत्मविश्वास बढ्ने बताउँदै उहाँले यसप्रकारको खेलकुदले सहभागितामा फराकिलो सामाजिक अवरोध कम गर्न मद्दत गर्ने बताउनुभयो ।

विशेष सल्लाहकार मिङ्काराले विश्वभर अपाङ्गता भएका व्यक्तिको अधिकार र स्वतन्त्रताको क्षेत्र प्रचार गर्नुहुन्छ । मिङ्कारा हाल आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा आउनुभएको हो । भ्रमणका क्रममा उहाँले सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्ने नागरिक समाज संस्थाहरू र अमेरिकी सरकारको शैक्षिक आदानप्रदान कार्यक्रमका सहभागीसँग भेटघाट गर्नुका साथै युएसएआइडी नेपालको समावेशी विकासलाई अगाडि बढाउन साझेदार संस्थासँग कामका बारेमा जानकारी लिइरहनुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । रासस