२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

छोरीको उपचारका लागि सहयोग गरिदिन बुबाको आग्रह



अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुई वर्षअघि उहाँकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो ।

घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाउनुभएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर बढ्दै जाँदा हिँड्डुलमा समस्या हुँदै आएको बुबाले जानकारी दिनुभयो । तत्कालीन समयमा उपचारका लागि राम्रो अस्पताल लैजान आर्थिक अभावले नसकिएको भन्दै अहिले छोरी हिड्न नसक्ने र बोल्न पनि नसक्ने भएको बुबाले दुखेसो पोख्नुभयो ।

मयाको दायाँ खुट्टा भाँच्चिएको थियो । चिकित्सिकले अहिले पनि उपचार सम्भव भएको प्रतिक्रिया दिएकालृ उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान गरिएको बुबा बल्चितले बताउनुभयो ।

स्थानीय डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष बोहराले सुविधासम्पन्न हाडजोर्नीसम्बन्धी अस्पतालमा उपचार सम्भव भए पनि आर्थिक अभाव भएकाले बल्चितले छोरीको उपचारकान लागि सहयोग आह्वान गर्नुभएको बताउनुभयो ।

स्वास्थ्यकर्मी बोहराले भन्नुभयो, “अहिले पनि मायाको उपचार गर्न सकिन्छ तर खर्च बढी लाग्न सक्छ । विकको खुट्टाको उपचार गर्नका लागि परिवारको आर्थिक अवस्था कमजोर छ ।” विकका घरपरिवारले अपाङ्ग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।