१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमाले र माओवादी कम्युनिष्ट हुन् भने पुँजीवादी सरकारमा जानु हुँदैन थियो: प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट भए पुँजीवादी सरकारमा जानु नहुने बताउनुभएको छ ।

संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुने भएपनि अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता नरहेको देखिएको बताउनु भयो । उहाँले विगतको सत्ता गठबन्धन र अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुन्छ । सत्ता गठबन्धनको हेर्दाखेरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता देखेनौँ । त्यस्तै आन्तरिक मामिला र विदेश मामिला, आर्थिक मामिलामा पनि कुनै भिन्नता देखेनाँै । पार्टी फरक हुनुको अर्थ आर्थिक विषय पनि फरक हुनुपर्दथ्यो । एउटै विषय हो भने पार्टी अलगअलग किन चाहियो । नेपाली काँग्रेसले सामन्त र पुँजीपति वर्गको सेवा गर्दछ । कम्युनिष्टहरुले मजदुर किसानहरुको वकील भएर काम गर्नुपर्ने हो । एमाले र माओवादी आफूलाई कम्युनिष्ट भन्छन् तर मजदुर किसानको लागि वकील भएर काम गरेको देखिँदैन । एमाले र माओवादी साँच्चै कम्युनिष्ट हुन् भने यो पुँजीवादी सरकारमा जानु नहुने हो ।’

सांसद सुवालले एमाले र माओवादीले आफूलाई कम्युनिष्ट भन्ने गरेको भएपनि कम्युनिष्टहरको सिद्धान्तमा नहिँडेको बताउनु भयो ।