२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रचण्डको प्रतिबद्धता: नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप लाग्छु



photo: rss
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप खर्चिने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिनिधिसभा बाट विश्वासको मत प्राप्त भएपछि सामाजिक संञ्जाल मार्फत विश्वासको मत दिने सत्ता सहयात्री दल लगायत सम्पूर्ण राजनीतिक दलमा आवद्ध र स्वतन्त्र रूपमा क्रियाशील सांसदहरुलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्दे उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ- तपाईहरूबाट प्राप्त यो विश्वास संसदमा विश्वासको मत लिनुपूर्व मैले वाचा गरेअनुरूप नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको थियो भने मत दिन्न भन्नेमा एक मत परेको थियो ।