२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रामग्राम स्तूपमा एक हजार भिक्षु आउने



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा एक हजार भिक्षु आउने भएका छन् । जिल्लाको रामग्राम नगरपालिका–७ उजैनीस्थित स्तूपमा आगामी चैत ४ गते भिक्षु आउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।

स्तूपमा रहेको बुद्धको अस्ति धातुको पूजा तथा प्रार्थनाका लागि भिक्षु आउने उहाँको भनाइ छ । उहाँका अनुसार दिउँसोको पूजापछि साँझ बत्ती बाल्ने कार्यक्रम रहेको छ । विभिन्न देशबाट आउने ती भिक्षुले परासी बजारबाट पैदलयात्रा गर्दै स्तूपसम्म जानेछन् । पैदलयात्राका लागि नरगपालिका सरसफाइ तथा व्यवस्थापनमा जुटेको छ ।

भिक्षुलाई स्तूपको मुख्य गेटबाट फुल विछ्याएर स्वागतसमेत गरिने तयारी भइरहेको नगरप्रमुख यादवले बताउनुभयो । यति धेरै सङ्ख्यामा भिक्षु आउनु भनेको नगरवासी तथा पालिकाका लागि गौरवको विषय भएको भन्दै उहाँले सबै सङ्घ–संस्था र स्थानीयलाई स्वागत तथा व्यवस्थापन जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रमका लागि नगरपालिकाले बैठक बसेर जिम्मेवारीसमेत तोकेकोे जनाएको छ । स्तूपलाई बत्तीबाट सजावट गरिनेछ । भिक्षुहरुको पूजा सकेपछि लुम्बिनी फर्किने छन् ।