१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खुट्टाका रेखाले अब थाहापाउनुस् तपाईको स्वभाव !



अ+ अ-

एजेन्सी । हातको रेखामा हेरेर मानिसको भविष्यवाणि गर्ने कुरा सबैलाई थाहा भएकै विषय हो । ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् । हातको रेखा जस्तै खुट्टाका रेखाले पनि मानिसको स्वभाव र भाग्य विश्लेषण गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । पैतालामा कस्तो चिन्ह, बनोट वा रेखा भए मानिसको स्वभाव कस्तो रहन्छ रु यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् ।

१) शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको रेखा छ भने त्यस्ता व्यक्तिहरु भोगी र विलाशी हुन्छन् । उनीहरु भाग्यमानी, प्रतिष्ठित र धनी समेत हुने योग हुन्छ ।

२) यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता व्यक्ति धनी हुने योग हुन्छ । उनीहरुले धन कमाउन धेरै मेहनत गर्नुपर्दैन ।

३) यदि कसैको पैतालमा त्रिशुलको चिन्ह छ भने, ति व्यक्ति निक्कै भाग्यशाली हुन्छन् । उनीहरुले उच्च पदको सरकारी जागिर वा पदवी पाउने योग हुन्छ ।

४) यदि कसैको पैतालाको बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ भने त्यस्ता व्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

५) जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने यस्ता व्यक्ति धनी हुने तर धनलाई महत्व नदिने हुन्छन् ।

६) यदि पैतालामा दुई धर्का जोडिएर क्रस भएको छैन भने ति व्यक्तिहरु भाग्यशाली हुने योग हुन्छ । यस्ता व्यक्तिले ब्यापार-व्यवसाय गरेमा सफलता पाउने योग हुन्छ ।